कुमारको फोटो पुस्तक ‘४२५’ सार्वजनिक

नेपालमा भएका विनाशकारी भुकम्पका तस्विर सहितको पत्रकार कुमार श्रेष्ठको किताव ‘४२५’ सार्वजनिक भएको छ। २०७२ साल वैशाख १२ गते र २९ गते नेपालमा गएको विनाशकारी महाभूकम्पको यथार्थ समेटिएको पुस्तक अमेरिकामा सार्वजनिक गरिएको हो ।

उनीद्वारा खिचिएका महाभूकम्पको फोटो पुस्तक आइतबार अमेरिकास्थित नेपाली राजदूतावासमा सार्वजनिक भएको छ । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की र अमेरिका नेपाल सोसाइटीकी अध्यक्ष प्रभा भट्टराई देउजाले संयुक्त रुपमा पुस्तकको सार्वजनिक गरेका हुन् ।

त्यस्तै फोटो पत्रकार कुमार श्रेष्ठले आफूले यो पुस्तकमा नेपालमा २०७२ साल वैशाख १२ गते विहान ११ बजेर ५७ मिनेटको समयदेखि उद्दारसम्मका २ सय तस्विर सामेल गरेको बताएका छन् । उनले आफुले तयार पारेको फोटो पुस्तकले भुकम्पको कथा ईतिहासको जिवित राख्ने बताए । पुस्तकमा २ सयवटा तस्विर रहनेछन् ।

प्रतिक्रिया