मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर । सुनसरी र संखुवासभामा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सुनसरीको रामधुनी ७ स्थित भित्री सडक खण्डमा कुदिरहेको १ त ३८८४ नम्बरको ट्याक्टरबाट लडेका ट्याक्टरका सहचालकको मृत्यु भएको छ ।  उनी रामधुनी ६ का २० बर्षीय फुलकुमार सदा रहेको प्रहरीले जनाएको छ ।

उनकाे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारको क्रममा मृत्यु भएको हाे ।

यसैगरी, संखुवासभाको पाँचखपन ३ स्थित सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा सहचालक पाचखपन ६ का २३ बर्षीय गोबिन्द कोइरालाको मृत्यु भएको छ । को २ त ५०१० नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट ६० मिटर तल खस्दा सोही ट्याक्टरका सहचालक कोईराला घाइते भएका थिए । उनको स्थानीय प्राथमिक स्वास्थ्य चौकी वानामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिकृयाहरु
Loading...