वामपन्थी नेता खम्बसिंह कुँवरको निधन

चितवन । चितवनका पुराना वामपन्थी नेता खम्बसिंह कुँवरको निधन भएको छ । उनको ९५ बर्षको उमेरमा आज मंगलबार बिहान उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

लामो समयदेखि प्रोस्टेटको समस्या झेल्दै आएका कुँवरलाई एक हप्तादेखि भरतपुर अस्पतालमा भर्ना गरेर उपचार भइरहेको थियो । पछिल्लो समय निमोनिया र दुवै मिर्गाैलाले काम नगरेपछि अस्पताल भर्ना गरिएको थियो ।

२०११ सालदेखि कम्युनिष्ट पार्टीमा लागेका कुँवरले २०२२ साल देखि आफ्नै नेतृत्वमा चितवनबाट प्रगतिशिल पार्टीको सुरुवात गरेका थिए । पछिल्लो समय उनि नेकपाको केन्द्रिय सल्लाहाकार समेत थिए ।

प्रतिक्रिया