मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

भारतकाे पहिलाे महिला वकिल, जसलाई पटकपटक मार्ने प्रयास गरिएकाे थियाे

उनी भारतकी पहिलो महिला अधिवक्ता थिइन् । उनले पुरूष यातना भोगेका धेरै महिलाहरुलाई न्याय प्रदान गर्न सहयोग गरिन्, त्यो पनि कुनै सरकारी सहयोग विना । पटक आफ्नो जीवन जोखिममा पारेर लडिन् पीडित महिलाहरूका लागि ।

उनी अर्थात् कर्नेलिया सोराबजीमाथि कयाैँ पटक घातक आक्रमणहरू भएका थिए तर उनी प्रत्येक पटक बचिन् र आफ्नो लक्ष्यमा अडिग रहिन् । उनले भारत र बेलायतका महिलाहरूलाई कानुनी क्षेत्रमा ल्याउन र वकालत गर्न मद्दत पुर्याइन् ।

बीबीसीसँगकाे कुराकानीमा उनकाे भतिजा र इतिहासकार सर रिचार्ड सोराबजीले उनकाे बारेमा धेरै कुरा खाेलेका छन् । उनीहरूका अनुसार कर्नेलियाले आफ्नो जीवन दाउमा लगाएर कयौँ महिलाहरुको जीवन बचाइन् ।

कसरी भयाे सुरूवात ? 

कर्नेलियाकाे जन्म नाेभेम्बर १८६६ मा भएको थियो । त्यसबेला भारतमा बेलायती शासन थियो । उनका अभिभावक पारसी थिए तर पछि उनीहरूले इसाई धर्म ग्रहण गरे । उनीहरू बेलायती शासनबाट प्रभावित थिए । उनीहरूलाई लाग्थ्याे कि आफ्नो सन्तानकाे सफलताकाे बाटाे इंग्ल्याण्ड हुँदै अघि बढ्नेछ ।

कर्नेलिया पढाइमा राम्रो थिइन् र मुम्बइ विश्वविद्यालयमा भर्ना हुने पहिलो महिला पनि बनिन् । त्यहाँबाट बेलायतमा अध्ययन गर्न छात्रवृत्ति समेत प्राप्त गरिन् । उनी अक्सफोर्ड युनिभर्सिटीमा कानून पढ्ने पहिलो महिला भइन् तर अन्तिम परीक्षामा उनलाई पुरुषहरूसँग बस्न अनुमति दिइएन । उनले यसको विरूद्ध आवाज उठाइन् ।

अन्तमा, परीक्षा सुरू हुनु केही क्षणअघि विश्वविद्यालयले आफ्ना नियमहरू परिवर्तन गर्‍यो र उनलाई परीक्षाका लागि अनुमति दियो । यस्तै १८९२ मा उनी बेलायतमा पहिलाे महिला थिइन् जसलाई सिभिल कानूनको स्नातक परीक्षाका लागि अनुमति मिल्याे । उनी आफ्नो एक चिठीमा लेख्छिन्- ‘म कानून अध्ययन गर्न चाहन्थेँ । जब मेरो इच्छा पूरा भयो, तब मैले मेरो सपना पूरा भएको महसुस गरेँ ।’

इतिहासकार रिचार्ड सोराजी भन्छन्,- ‘उनी बाहिरबाट धेरै शान्त देखिन्छिन्, तर भित्र उनलाई धेरै कुरा जान्ने उत्सुकता थियो । एक किसिमकाे उथलपुथल चलिरहन्थ्याे ।’

बेलायतपछि भारतमा संघर्ष

अक्सफोर्डबाट कानूनको अध्ययन पूरा गरेर उनी भारत फर्किइन् । यहाँ उनी वकिलका रूपमा काम गरेर आफ्नो जीविका चलाउन चाहन्थिन् । त्यतिबेला भारत र बेलायतका महिलाहरूलाई वकिलको रूपमा अभ्यास गर्ने अधिकार थिएन ।

त्यस समयमा भारतमा धेरै राज्यहरू हुन्थ्यो । कर्नेलिया शाही परिवारकाेमा आवतजावत गरिरहन्थिन् । त्यहाँ उनले शाही परिवारका महिलाहरू पुरूषकाे शासनमा बाँच्नुपर्ने देखिन् । उनीहरूकाे आफ्नो कुनै अधिकार थिएन ।

त्यस समय भारतमा पर्दा प्रथा चलिरहेकाे थियाे । महिलालाई परिवार बाहिरका पुरुषहरूसँग कुरा गर्नसमेत अनुमति थिएन ।

कर्नेलियाले धेरै महिलाहरू परिवारका पुरुषहरूबाट क्रूर यातना भोगिरहेकाे उनले बुझिन् । पारिवारिक सम्पत्तिमा पनि महिलाहरूकाे कुनै अधिकार नभएकाे उनले देखिन्, बुझिन् ।

धेरै पटक तिनीहरू आवाज उठाउँदा मारिए । बाहिरी व्यक्तिहरूलाई घरमा प्रवेश गर्न निषेध गरिएको थियो भने महिलालाई बाहिर निस्कन निषेध गरिएकाे थियाे । त्यसैले दमनका कुरा महिला अधिकारकर्मी, प्रहरीसम्म पुग्न सक्ने कुनै बाटाे थिएन ।

यस्तो अवस्थामा कर्नेलियाले ती महिलाहरूलाई सहयोग गर्ने निर्णय गरिन् । उनले हिन्दू र मुस्लिम समुदायका महिलामाथि हुने दमन रोक्न र न्याय दिलाउनका लागि आफूलाई सरकारको कानुनी सल्लाहकार राख्न सरकारसँग अपिल गरिन् । तर सरकारले उनकाे मागलाई अस्वीकार गर्याे ।

तैपनि उनले हिम्मत हारिनन् र महिलाका लागि एक्लै काम गर्ने निर्णय गरिन् । त्यसपछिका २० बर्षसम्म उनले वकिलका साथसाथै एक सामाजिक कार्यकर्ता र कहिलेकाँही जासूसको भूमिका पनि निभाइन् र ६ सय भन्दा बढी महिलाहरूलाई न्याय दिलाइन् । उनीहरूकाे हक दिलाइन् । पुरूषकाे अत्याचारबाट मुक्ति दिलाइन् ।

धेरै राज्यसँग दुश्मनी 

उनी कुनै न कुनै बहानामा ती परिवारहरूमा प्रवेश गर्छिन् र त्यहाँका महिलाहरूसँग मित्रता गाँस्थिन् । मित्रतामार्फत् उनीहरूको अवस्थाको बारेमा जानकारी लिन्थिन् र प्रहरीहरूकाे सहयाेगमा उनीहरूलाई अत्याचारबाट मुक्ति दिलाउँथिन् ।

उनले लेखेकी छिन्- ‘कहिलेकाहीँ लाग्छ मलाई केहि थाहा छैन, मैले आफ्नो यात्रा बीचमा छोड्नुपर्दछ । तर साथीहरूले लगातार मलाई प्रोत्साहन दिन्थे र अन्ततः म सफल भएँ ।’

रिचार्ड सोराजी भन्छन्,- ‘एक पटक उनी एक महिलाको कानुनी सहयोग गरिरहेकी थिइन्, जसलाई उनका सासू-ससुराले जिविका भत्ता दिन अस्वीकार गरेका थिए । तब कर्नेलियाकाे सहयाेगमा उनले भत्ता पाइन् । उनीहरूले ती महिलाका लागि एक जाेर कपडा पनि किने जुन उपहार दिन चाहन्थे । पछि कर्नेलियाले उक्त कपडामा विष रगडेकाे चाल पाइन् ।’

यसरी उनले ती महिलाकाे जीवन् बचाइन् । कर्नेलियामाथि पनि कयाैँ पटक आक्रमण प्रयास भए । कयाैँ राज्य उनलाई दुश्मन सम्झन्थे । उनीहरूलाई लाग्थ्याे कि महिलाहरू पुरूषकाे अधिनमा रहनुपर्छ र कर्नेलिया उनीहरूकाे अधिकारका लागि लडेर उनीहरूकाे संस्कृतिमा हानी पुर्याउने काेशिश गर्दैछिन् ।

एक पटक शाही परिवारले उनलाई पाहुनाको रूपमा आमन्त्रित गरे र बिहानको नास्ता उनकाे कोठामा पठाए । कर्नेलियालाई खानाबाट आएकाे बास्नामा केही गडबडी लाग्याे र उनले त्याे खाना खाइनन् । यसको परीक्षणपछि थाहा भयाे कि उनकाे खानामा विष मिसाइएकाे थियाे ।

पछि कर्नेलियाले वकिलबाट अवकाश लिइन् । उनकाे १९५४ सालमा ८८ वर्षकाे उमेरमा निधन भयाे ।

प्रतिकृयाहरु
Loading...