लिभरपुललाई हराउँदै म्यानचेस्टर युनाइटेड पाँचौँ चरणमा

काठमाडौँ । एफए कपमा लिभरपुल म्यानचेस्टर युनाइटेडसँग पराजित भएको छ । गएराती भएको खेलमा लिभरपुलविरुद्ध ३-२ को जित हात पार्दै म्यानचेस्टर युनाइटेड पाँचौँ चरणमा प्रवेश गरेको हो ।

चौंथो चरणको खेलमा सुरुवाती अग्रता भने लिभरपुलले बनाएको थियो । मोहम्मद सालहले १८औं मिनेटमा गोल गरी टोलीलाई अग्रता दिलाएका थिए । म्यानचेस्टर युनाइटेडका लागि मासन ग्रीनवुडले २६औँ मिनेटमा बराबरी गोल गरे ।

४८औँ मिनेटमा मार्कस रासफोर्डले गोल गर्दा म्यानचेस्टर युनाइटेड २-१ ले अघि बढ्यो । मोहम्मद सालहले लिभरपुलका लागि ५८औँ मिनेटमा दोस्रो गोल गर्दै खेल बराबरीमा पु-याएका थिए । ७८ औँ मिनेटमा ब्रुनो फेर्नान्डेसले गरेको गोल म्यानचेस्टर युनाइटेडको जितका लागि निर्णायक बन्यो ।

अब एफए कपको पाँचौ राउण्डमा म्यानचेस्टर युनाइटेड वेस्टह्याम युनाइटेडसँग खेल्ने भएको छ ।

प्रतिक्रिया