मेस्सी विना बार्सिलोनाको अर्को जित

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित हात पारेको छ । गएराती भएको खेलमा एल्चीलाई २–० ले हराउँदै बार्सिलोना तेस्रो स्थानमा उक्लिन सफल भएको हो ।

अवे खेलमा बार्सिलोनालाई जित दिलाउन फ्रेन्क डी जोङ र रिकार्ड पुगइले गोल गरे । जितपछि १९ खेलबाट ३७ अंक बनाएको बार्सिलोना सेभिल्लालाई उछिन्दै तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना दोस्रो स्थानमा रियल मड्रिड भन्दा ३ र शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा १० ले पछाडि छ ।

सुपरकपको फाइनल खेलमा रातो कार्ड पाएका बार्सिलोनाका कप्तान लियोनल मेसी खेलमा सहभागी थिएनन् । मेसीमाथि २ खेलको प्रतिबन्ध लागेको छ । –एजेन्सी

प्रतिक्रिया