मेक्सिको-अमेरिकी सीमानजिक १९ शव भेटिए

मेक्सिको । अमेरिकाको सिमानानजिक मेक्सिकोमा कम्तीमा १९ व्यक्ति मृत भेटिएका छन् । उक्त क्षेत्र लागुऔषध ओसारपसारका लागि प्रयोग हुने गरेको क्षेत्र भएको र त्यहाँ प्रायः झगडा हुने गरेको तामाउलिपास राज्यका अभियोजनकर्ताहरुको कार्यालयले जनाएको छ ।

प्रहरीले शनिबार कार्मागो सहरनजिकैको मेक्सिकोकोे सडकमा मानव अवशेष भएको दुईवटा गाडीहरू भेट्टाएको पुष्टि गरेको छ । पीडितलाई गोली लागेको थियो र त्यसपछि उनीहरुको शरीरलाई जलाएर राखेको हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि प्रहरीले बताएको छ । घटनास्थलमा कुनै गोलीका छर्रा नभेटिएको बताउँदै प्रहरीले पीडितहरु अर्कै ठाउँमा मारिएका हुनसक्ने बताएको छ ।

‘लासको परीक्षण चलिरहेको छ । तर, मृत शरीरकोे अवस्थाका कारण व्यक्तिको पहिचान जटिल हुनेछ,’’ अभियोजनकर्ताहरुको कार्यालयले जनाएको छ ।

करमागो करिब १५ हजार व्यक्तिको बसोबास रहेको अमेरिकाको टेक्सास राज्यको सिमानामा पर्ने मेक्सिकोको न्युभो लियोन राज्यको नजिक रहेको एउटा बजार क्षेत्र हो । न्युभो लियोनका अधिकारीहरुले आफूहरुले अनुसन्धानका लागि तामाउलिपास अभियोजनकर्तालाई सहयोग गरिरहेको बताएका छन् । रासस/एएफपी

प्रतिक्रिया