यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल माघ १२ गते । सोमबार । ईश्वी सन् २०२१ जनवरी २५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–द्वादशी,४० घडी ५९ पला,बेलुकी ११ बजेर १९ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–मृगशिरा,४६ घडी ०० पला,रातको १२ बजेर २० मिनेट उप्रान्त आद्र्रा । योग–ऐन्द्र,३८ घडी २१ पला,बेलुकी १० बजेर १६ मिनेट उप्रान्त वैधृति । करण–बव,बिहान १० बजेर ३८ मिनेट उप्रान्त बालव,बेलुकी ११ बजेर १९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–बृष,मध्यान्ह १२ बजेर २५ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३७ मिनेट । दिनमान २६ घडी ४४ पला ।

आजको बार बेला ।
बिहान ०६ बजेर ५६ मिनेटसम्म अमृत बेला ।
बिहान ६ बजेर ५७ मिनेटदेखी बिहान ८ बजेर १६ मिनेटसम्म काल बेला ।
बिहान ८ बजेर १७ मिनेटदेखी बिहान ९ बजेर ३६ मिनेटसम्म शुभ बेला ।
बिहान ०९ बजेर ३७ मिनेटदेखी बिहान १० बजेर ५६ मिनेटसम्म रोग बेला ।
बिहान १० बजेर ५७ मिनेटदेखी मध्यान्ह १२ बजेर १७ मिनेटसम्म उद्वेग बेला ।
मध्यान्ह १२ बजेर १८ मिनेटदेखी दिउसो १ बजेर ३७ मिनेटसम्म चर बेला ।
दिउसो १ बजेर ३८ मिनेटदेखी दिउसो २ बजेर ५७ मिनेटसम्म लाभ बेला ।
दिउसो २ बजेर ५८ मिनेटदेखी बेलुकी ४ बजेर १७ मिनेटसम्म अमृत बेला ।
बेलुकी ४ बजेर १८ मिनेटदेखी बेलुकी ७ बजेर १७ मिनेटसम्म चर बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ०८ बजेर १५ मिनेटदेखी बिहान ९ बजेर ३६ मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय राम्रो रहेकोले सानो लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला कष्टकर नहोला भन्न सकिन्न । आफन्त तथा दाजुभाई सँग मनमुटाब सिर्जना हुनेछ । प्रेममा अबिस्वास बढ्ने योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) औषधीजन्य तथा दैनिक उपभोग्य सामानको व्यापारमा बढोत्तरिको योग रहेकोछ भने आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । अध्ययन अध्यापनमा मन जाने हुनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ भने थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय मध्ययम रहेकोले दैनिक काममा बाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । आँखा तथा टाउकोमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । मध्यान्हबाट समय राम्रो रहेकोले राम्रा काम गरि नाम,नाम तथा ईनाम कमाउन सकिनेछ । राजनीति तथा जनताको काम गर्नेहरुका लागी समयले साथ दिने हुँदा पद प्राप्तीको योग रहेकोछ । अग्रज तथा आफन्तको सुझाब लाभदायी बन्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय राम्रो रहेकोले निर्माण सामाग्रीहरुको व्यापारमा बृद्धि हुने तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा मन जानेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले प्रेममा मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्ने तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । पुराना तथा रोकिएर बसेका कामहरु सुचारु हुने तथा महत्वपूर्ण कामहरु थोरै समय दिएर फत्ते गर्न सकिनेछ । सरकारी धन सम्पती तथा पैत्रिक सम्पति हात लागि हुने योग रहेकोछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै ईच्छित मनोकामनाहरु पुरा हुनेछन् । सुखदुखमा साथ दिने प्रसस्त भेटिने तथा चुनैतिका पहाडहरु चिर्दै अगाडी बढ्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समय राम्रो रहेकोले परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा बृद्धि भई आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । राजनीति तथा सामाजिक काममा जनताकोको समर्थन रहने हुनाले पद प्राप्तीको योग रहेकोछ । मध्यान्हबाट आफन्त तथा अग्रजसँग मनमुटाब बढ्ने योग रहेकोछ । धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा बाधा तथा अवरोध हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समय मध्ययम रहेकोले समय र कामको तालमेल न्यून उपलब्धिमा हासिल हुनेछ । स्वास्थ्यमा सामान्य समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । व्यापारमा मन्दी आउनाले आर्थिक संकटको सामना गर्नुपर्नेछ । मध्यान्हबाट समय राम्रो रहेकोले सुखदुःखमा साथ दिने प्रशस्त भेटिनेछन् । अध्ययनमा मन जाने तथा खोजीमुलक क्षेत्रमा रुची बढ्नेछ । मनमा धार्मिक प्रवृति जागृत हुनेछ । छोटो दुरिको यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय राम्रो रहेकोले भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको योग रहेकोछ । आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउने दृष्यहरु मन मुटुमा कैद गर्न पाउदा मन प्रफुल्लित हुनेछ । मध्यान्हबाट स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफ्नो क्षमता प्रयोग गरी अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशी जीवन ब्यातित गरि रमाउने समय रहेकोछ । जीवन साथिसँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारि व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ । तरपनि खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय राम्रो रहेकोले आफन्त तथा घरपरिवारका साथ मिष्ठान्न भोजन गर्दै समय व्यातित गर्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । मामा तथा मावलीसँग घरायसी कुरामा राज बाजिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समय मध्ययम रहेकोले कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्नेछन् । निर्णय लिएर शंका गर्ने बानिले समस्या निम्त्याउनेछ । अनावस्यक तथा दुर्गम स्थानको कष्टकर यात्रा हुनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले चिताएको काममा सोचेजस्तै सफलता हात पार्न सकिनेछ । काम तथा अध्ययनमा दिन व्यास्त रहने तथा बौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रणय सम्बन्ध सुदृड हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय राम्रो रहेकोले दाजुभाई तथा आफन्तको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । अध्ययन तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ । समयले साथ दिने हुनाले सानो सानो लगानीबाट आम्दानी गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले फाईदाका लागी पछि लाग्दा धनमाल गुम्न सक्छ ध्यान दिनुहोला । सवारी साधन तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।

तपार्ईँको दिन शुभ रहोस् ।

ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया