साथीकाे घरमा गएर साथीकै छाेरीलाई बलात्कार

पर्सा । जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ पर्साबाट एक जना पक्राउ परेका छन् ।

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भारत विहार पश्चिमी चम्पारण थाना चनपटिया ग्राम पञ्चायत टिकुलीया-१३ बस्ने ३४ वर्षीय नेहाल मियाँलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका-१ स्थित आफ्नै साथीको डेरामा शुक्रबार राति गई सुतेका नेहालले साथीकै छोरीलाई जबरजस्ती करणी गरी फरार भएका थिए ।

उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया