आँगनमा जमेको पानीकाे खाडलमा डुबेर बालककाे मृत्यु

कैलाली । आँगनमा जमेको पानीकाे खाडलमा डुबेर एक बालककाे मृत्यु भएकाे छ ।

भजनी नगरपालिका-५ नयाँबस्ती बस्ने धन बहादुर साउँदको १ वर्षीय छोरा सुशान्त साउँदको पानीकाे खाडलमा डुबेर मृत्यु भएकाे हाे । छिमेकीको आँगनमा पानी जमेको खाडलमा डुबेर शनिबार दिउँसो ती बालककाे मृत्यु भएको प्रहरीले जनाएकाे छ।

प्रहरीका अनुसार डुबेर अशक्त अवस्थामा फेला परेका सुशान्तको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र भजनी ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो, घटनाबारे अनुसन्धान भइरहेकाे छ ।

प्रतिक्रिया