बलात्कार गरेकाे अभियाेगमा दुईजना पक्राउ

काठमाडौं । बलात्कार गरेकाे अभियाेगमा  प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ ।

भक्तपुरकाे ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका-३ डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका-१० का ५१ वर्षीय भरत बोहोरालाई रामेछाप मन्थलीबाट प्रहरीले पक्राउ गरेको छ । भरतले ती महिलालाई माघ २ गते उनकै कोठामा जबरजस्ती करणी गरेको प्रहरीकाे भनाइ छ ।

यस्तै म्याग्दीमा एक बालिका बलात्कृत भएकी छिन् । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धौलागिरी गाउँपालिका-७ खिवाङ स्थायी वतन भई मालिका गाउँपालिका-१ निस्कोट बस्ने ३३ वर्षीय कृष्ण बहादुर बिकलाई पक्राउ गरिएकाे ईलाका प्रहरी कार्यालय दरवाङले जनाएकाे छ ।

प्रहरीका अनुसार कृष्णबहादुरले ती बालिकालाई यही शुक्रबार दिउँसो जबरजस्ती करणी गरेका हुन् ।

दुवै घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया