जेठानीकाे हत्या गर्ने देउरानी पक्राउ

दाङ । दाङमा कुटपिट गरी जेठानीकाे हत्या गर्ने देउरानी पक्राउ परेकी छिन् ।

तुलसीपुर उपमहानगरपालिका-६ मोतिपुर बस्ने ४८ वर्षीया आईती बुढाथोकीको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकी देउरानी ४४ वर्षीया भगवती बुढाथोकीलाई शनिबार साँझ पक्राउ गरिएकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ ।

प्रहरीका अनुसार भगवतीले माघ २ गते बिहान कुटपिट गर्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी आइतीको उपचारका क्रममा लखनउमा शुक्रबार राति मृत्यु भएको हाे । प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेकाे छ ।

प्रतिक्रिया