सुरु भयो ‘घुमौँ पूर्व’ अभियान

विराटनगर । प्रदेश १ को पर्यटकिय क्षेत्र प्रवर्द्धन तथा प्रचार प्रसारको लागि ५ दिने अभियान सुरु भएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा प्रदेश १ का होटल तथा पर्यटन व्यवसायीहरु जनकपुर, सौराहा, पोखरा हुँदै लुम्बिनी पुगेर प्रदेश १ को पर्यटन प्रवर्द्धन गर्ने छन् ।

प्रदेश १ मा पर्यटकीय सम्भावना भएर पनि पर्यटक आउन नसकेको अबस्थामा होटल तथा पर्यटन ब्यवसायीले यो अभियानको सुरुवात गरेका हुन् । आन्तरिक पर्यटन पुनरुत्थान एवं प्रवर्द्धन अभियान नाम दिएर शुरु भएको प्रचार प्रसारको यो अभियानबाट पोखरा, चितवन र लुम्बिनीमा आउने पर्यटकलाई प्रदेश १ मा तान्न सकिने क्षेत्रीय होटल संघका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए ।

अभियानको क्रममा प्रदेश १ का होटलहरुको अवस्था, दिईने छुट तथा दोहोरो सहकार्यको बारेमा पनि त्यहाँका पर्यटन व्यवसायी तथा ट्राभल्स एजेन्सीसँग छलफल हुने जनाइएको छ । नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको अभियानमा होटल एशोसिएशन अफ नेपाल, नेपाल एशोसिएशन अफ ट्राभल्स एजेन्ट, आन्तरिक पर्यटन पुनरुत्थान समितिका पदाधिकारीहरु सहभागी छन् ।

१० जनाको टोलीले जनकपुर, सौराहा, पोखरा र लुम्बिनीका पर्यटन व्यववसायी, होटल व्यवसायी तथा ट्राभल्स एजेन्सीका अधिकारीसँ भेटेर पूर्वको पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिईने आन्तरिक पर्यटन पुनरुत्थान समितिका प्रदेश १ संयोजक भबिश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार अभियानबाट पूर्वमा पर्यटक ल्याउन सकिने आधारहरु प्रस्तुन हुने तथा पूर्वका ब्राण्डहरु, प्राकृतिक संस्कृतिक र पर्यटकीय स्थलको बारेमा जानकारी गराउने तयारी छ । पूर्वका होटलले दिने सेवासहित अफरसहित छुटको बारेमा पनि जानकारी गराउने अभियानको उदेश्य रहेको संयोजक श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया