ग्यास बुलेट दुर्घटना

काठमाडौँ । काठमाडौँको जुडिबुटीमा ग्यास बोक्ने बुलेट दुर्घटना भएको छ । बिहान साढे ५ बजेतिर एन एल ०१ एल २९७५ नम्बरको बुलेट दुर्घटनामा परेको हो ।

सूर्य ग्यास कम्पनीमा ग्यास अनलोड गरेर आएको बुलेट तीव्र गतिका कारण अनियन्त्रित हुँदा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुलेटले ट्याक्सीलाई समेत ठक्कर दिँदा चालक घाइते भएका छन् ।

बा २ ज १५४५ नम्बरको ट्याक्सीलाई ठक्कर दिँदा ट्याक्सी चालक २८ वर्षीय सुजन लामा घाइते भएका हुन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ट्याक्सी क्षतिग्रस्त छ ।

बुलेट सडकमै पल्टिएपछि केहिबेर सो क्षेत्रको आवागमन प्रभावित भएको थियो ।

प्रतिक्रिया