मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

काठमाडौँ । काठमाडौँको तीनकुनेमा मोटरसाइकल दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ । भे १० प २६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो ।

दुर्घटनामा परी बाँकेको कोहलपुर घर भएका मोटरसाइकल चालक २२ वर्षीय साहिल बम खत्रीको मृत्यु भएकाे हो । दुर्घटनापछि गम्भीर घाइते भएको उनको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया