मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
२०७७ माघ १० गते

सांकेतीक/प्रतिकात्मक तस्वीर।
काठमाडौँ । काठमाडौँको तीनकुनेमा मोटरसाइकल दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ । भे १० प २६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो ।
दुर्घटनामा परी बाँकेको कोहलपुर घर भएका मोटरसाइकल चालक २२ वर्षीय साहिल बम खत्रीको मृत्यु भएकाे हो । दुर्घटनापछि गम्भीर घाइते भएको उनको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
२०७७ माघ १० गते
प्रतिक्रिया
सम्बन्धित








