इटहरीमा नमुना मुसहर बस्ती निर्माण

विराटनगर । इटहरी उपमहानगरले विपन्न मुसहर समुदायका लागि ९ वटा घर निर्माण गरेको छ । उपमहानगरपालिकाको वडा नम्बर १६ टिहिटि टोलमा विपन्न बस्ती निर्माण गरेको हो ।

विपन्नको लागि बनाइएको बस्तीमा मुसहर समुदायको लागि सामूहिक आवासलागि घर निर्माण गरिएको द्धारिकलाल चौधरीले जानकारी दिए । तराइ मधेश समृद्धि कार्यक्रम अन्तर्गत ७७ लाखको लगानीमा घरहरु निर्माण गरिएको छ ।निर्माण सम्पन्न भएको नयाँ नमुना बस्तीमा सडक पुर्याइएको छ भने चिल्डे«न पार्क, सामुदायिक भवन र दिनाभद्रिको मन्दिरसमेत निर्माण गरिएको मेयर चौधरीले बताए । यस्ता बस्ती अन्य ठाउँहरुमा पनि बनाइने चौधरीको भनाई छ । इटहरी उपमहानगर विपन्न जनताको हितमा गम्भीर रहेको उनले बताए ।‘जनताको आँगनमा खुशियाली र अनुहारमा मुस्कान ल्याउन उपमहानगरले कार्य गरिरहेको छ, उपप्रमुख लक्ष्मी गौतमले भनिन्, ‘वडा नम्वर १६ र १७ को सडक निर्माणका क्रममा विस्थापित हुने अतिविपन्न परिवारलाई निर्माण भएको नमुना बस्तीमा राखिने छ ।’ सडक विस्तारको क्रममा ५० घर विस्थापित रहेका छन् ।

प्रतिक्रिया