माघ १० गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल माघ १० गते । शनिबार । ईश्वी सन् २०२१ जनवरी २३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–दशमी,३२ घडी ३८ पला,बेलुकी ०८ बजेर ०० मिनेट उप्रान्त एकादशी । नक्षत्र–कृतिका,३५ घडी २३ पला,बेलुकी ०९ बजेर ०६ मिनेट उप्रान्त रोहिणी । योग–शुक्ल,३७ घडी ४२ पला,बेलुकी १० बजेर ०१ मिनेट उप्रान्त ब्रम्ह । करण– तैतिल,बिहान ०६ बजेर ५८ मिनेट उप्रान्त गर,बेलुकी ०८ बजेर ०० मिनेट उप्रान्त वणिज । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३५ मिनेट । दिनमान २६ घडी ३८ पला ।

आजको बार बेला ।
बिहान ०६ बजेर ५६ मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर ५७ मिनेटदेखी बिहान ८ बजेर १६ मिनेटसम्म शुभ बेला ।
बिहान ८ बजेर १७ मिनेटदेखी बिहान ९ बजेर ३६ मिनेटसम्म रोग बेला ।
बिहान ०९ बजेर ३७ मिनेटदेखी बिहान १० बजेर ५६ मिनेटसम्म उद्वेग बेला ।
बिहान १० बजेर ५७ मिनेटदेखी मध्यान्ह १२ बजेर १६ मिनेटसम्म चर बेला ।
मध्यान्ह १२ बजेर १७ मिनेटदेखी दिउसो १ बजेर ३६ मिनेटसम्म लाभ बेला ।
दिउसो १ बजेर ३७ मिनेटदेखी दिउसो २ बजेर ५६ मिनेटसम्म अमृत बेला ।
दिउसो २ बजेर ५७ मिनेटदेखी बेलुकी ४ बजेर १६ मिनेटसम्म काल बेला ।
बेलुकी ४ बजेर १७ मिनेटदेखी बेलुकी ७ बजेर १६ मिनेटसम्म लाभ बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ०९ बजेर ३६ मिनेटदेखी बिहान १० बजेर ५६ मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक तथा विलाशी बस्तु प्राप्तीको योग रहेकोछ । कुनै नयाँ ठाउमा लगानीको वातावरण बनाउन सकिनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट र मित्रता बढ्नेछ । पारिवारिक माहोलामा जमघट् भई मिष्ठान्न भोजन तथा परिकार ग्रहण गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा प्रविधिको सहयोग लिदै निरन्तरता दिन सकिनेछ । नसोचेको ठाउँबाट धनागमको सङ्केत पनि छ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) तपाईँबाट राम्रा काम हुने हुनाले आफन्त तथा साथिभाईहरु खुशि हुनेछन् । राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ । सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउन सकिनेछ । पढाइ लेखाइमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । घर परिवारमा आफन्तसँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुशि रहनेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समय मध्ययम रहेको असहज परिस्थिति सिर्जना हुनेछ । बन्दव्यापारमा भनेजस्तो सफलता प्राप्त हुने छैन । प्रेम र प्रणयसम्बन्धमा तिक्तता आउनसक्छ । मातापिता वा घरका ज्येष्ठ सदस्यको स्वास्थ्यमा समस्या देखापर्न सक्छ । घर परिवारमा आफन्तहरु वीच घरायशी कुरामा राय बाजिनेछ । राज्यबाट नजिक भई काम गर्नेहरुले ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आत्मविश्वास र पराक्रममा वृद्धि हुनाले राम्र काम गर्न सकिनेछ । कलकारखाना र बन्दव्यापारबाट मनग्गे फाइदा लिन सकिनेछ । शत्रुलाई परास्त गर्न सकिनेछ भने प्रतिस्पर्धीहरुले साथ दिनेछन् । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्राविधिक काममा सफलता प्राप्त हुने भने नयाँ काम गर्ने अवसर आउनेछ । राजनीति तथा समाजसेवामा काम गरि पद प्राप्तीको योग रहेकोछ । हाकिम वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउनेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको सिर्जना गरि आर्थिक रुपमा सवल हुन सकिनेछ । मिहिनेतले राम्रा काम गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) धार्मिक र सामाजिक काममा समय व्यातित हुँदा मन प्रशन्न हुनेछ । अध्ययनमा मन जाने तथा दार्शनिक विषयवस्तुमा मन केन्द्रित हुनेछ । व्यावसायमा समय लगानी गरी लाभ लिन सकिनेछ भने लगानीका क्रममा जान्नेबुझ्ने र अनुभवीहरुको राय लिनु राम्रो हुनेछ । खानपिनका परिकार प्राप्त हुने तथा परिवारका साथ रमाईलो वातावरणमा दिन व्यातित गर्न सकिनेछ । छोटो दुरिको यात्राको तय गर्न सकिनेछ भने घर फिर्ताको साईत जुर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कामप्रति लगनशीलता बढ्ने भएपनि उपलब्धी न्यून हुनेछ । आज गरिने काममा अवरोधको सामना गर्नु पर्नेछ । दैनिक कामकाजको चाप बढ्न सक्छ । घरायसी प्रयोजनका विषयमा खर्च बृद्धि हुनेछ । भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीसँग राय बाजिनेछ । तरपनि नसोचेको धन सम्पती हात लाग्न सक्छ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) जीवनसाथीसँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने यात्रामा क्रममा मनमोहक दृष्यहरु कैद गर्न सकिनेछ । पारिवार तथा आफन्तका साथ भेटघाट हुने तथा मिष्ठान्न भोजनमा साथ दिन कटाउन सकिनेछ । भौतिक सम्पती तथा मानव निर्मित बस्तुहरु हात लाग्नेछ । व्यापारमा थोरै समय दिदा पनि प्रशस्त नाँफा हुने योग रहेकोछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्नेछ । बिभिन्न स्रोत साधन जुट्नाले उद्योग तथा व्यापारमाबाट राम्रै फाईदा हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) स्वास्थ्यका दृष्टिकोणले समय राम्रो रहेकोछ भने पुराना स्वास्थ्य सम्बन्धी हल भएर जानेछ । व्यापारमा बृद्धि हुनाले आर्थिक लाभ हुनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गरि नाम कमाउन सकिनेछ । मावली र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनाले मन प्रशन्न हुनेछ । जीवन सँगीसित रहेको वैचारिक मत भिन्नताको समाप्ति हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आँटले गर्नाले सजिलै लक्ष्यमा पुग्न सकिनेछ । आफन्तबाट सुखद समाचार सुन्न पाईने हुनाले दिन उत्साहपूर्वक बित्नेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । प्रतिष्ठित काम सम्पादन गरि समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । अन्य व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ लिन सकिनेछ । सन्तान वा अनुयायीको साथले राम्रा तथा फाईदा मुलक काम गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) तपाईँले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । गोप्य योजनाहरु सार्वजनिक गर्न केही समय पर्खदा राम्रो हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार,आफन्त तथा आमासँग घरायसि कुरामा विवाद सिर्जना हुनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुका लागी भने समय उत्तम रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सहयोगीहरूले अप्रत्यासित ढंगले सहयोग गर्नेछन् भने रोकिएका कामलाई पुनः सुरु गर्ने वातावरण मिल्नेछ । आर्जित धन सञ्चय गरि दीर्घकालिक प्रयोजनमा उपयोग गर्न सकिनेछ । पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना बनाई समाधान गर्न सकिनेछ । बौद्धिक र प्राज्ञिक क्षमता बढ्ने छ । हक र अधिकारको संरक्षणको प्रयास हुनेछ भने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया