‘ओलीलाई घुँडा टेकाएरै छोड्छौँ’

  • धनबल राई

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाको केन्द्रीय सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुँडा टेकाएरै छोड्ने चुनौती दिएका छन् ।

शुक्रबार काठमाडौंको रत्नपार्कबाट बृहत् प्रदर्शनलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका नेता भुसालले ओलीलाई यस्तो चुनौती दिएका हुन् । ‘केपी ओली पराजित हुनुको विकल्प छैन’, नेता भुसालले भनेका छन्, ‘नहुने काम भयो ।’

ओलीसँग अब साइबर सेना भनिने साइबर स्याल र सेटिङ्ग मात्र बाँकी रहेको दाबी गर्दै नेता भुसालले भनेका छन्, ‘यो अदालत तपाईँको सेटिङ्गका कारण डराएर तपाईँको पक्षमा फैसला गर्छ भन्ने लागेको छ भने तपाई गलत हुनुहुन्छ । हामी तपाईँलाई घुँडा टेकाएरै छोड्नेछौँ ।’

यसैबीच नेता भुसालले आजको जनसागरले को सत्य हो भन्ने कुराको पुष्टि भएको बताए ।

प्रतिक्रिया