भिमफेदी–कुलेखानी सडक २ महिना बन्द हुने

काठमाडौं । हेटौंडाबाट काठमाडौं भित्रिन सबैभन्दा छोटो दूरीको सडकको रुपमा रहेको भीमफेदी कुलेखानी सडक २ महिनाका लागि बन्द हुने भएको छ ।

मकवानपुरको भीमफेदीदेखि कुलेखानीसम्मको १६ किलोमिटर सडक चौडा गर्ने कार्य भइरहेको र उक्त ठाउँमा कंक्रिट ढलान गर्नुपर्ने भएकोले उक्त सडक २ महिनाका लागि बन्द गर्न लागिएको यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेश कार्यालयले जानकारी दिएको छ ।

उक्त सडक १० माघ शनिबारदेखि १० फागुनसम्म बन्द रहेन निर्देशनालयले जनाएको छ । उनका अनुसार यस अवधिमा सडक निर्मामा प्रयोग हुने ढुवानी साधनबाहेक अन्य सवारी यो सडकमा गुड्न दिइने छैन ।

६ महिनादेखि निर्माणाधीन उक्त सडकमा यसअघि पनि सवारीसाधन घण्टौं जाममा बस्नु पर्ने अवस्था थियो ।

काठमाडौं–हेटौंडा आवतजावतका लागि अब त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र कान्ति लोकपथको प्रयोग गर्न सकिने निर्देशनालयले जनाएको छ ।

यस्ताे छ सूचना 

 

प्रतिक्रिया