संघर्षपूर्ण जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा

काठमाडौँ । बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा पुगेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले कोरेनेला क्लबलाई २-० ले पराजित गर्दै कोपाको अन्तिम १६ मा पुगेको हो ।

निर्धारित ९० मिनेटको समयमा दुवै टिमबाट कुनै गोल नभएपछि खेल अतिरिक्त समयमा गएको थियो । बार्सिलोनाले दुवै गोल अतिरिक्त समयमा गरेको थियो । खेलको ९२औं मिनेटमा ओसुमान डेम्बेलेले र १२१औं मिनेटमा मार्टिन ब्रेथवैटले एक एक गोल गरेका थिए । त्यस्तै खेलको ११८ औ मिनेटमा कोरनेलाका अल्बेर्ट फेर्नानडेजले रातो कार्ड पाएका थिए ।

यस खेलमा बार्सिलोनाका लियोनेल मेसी प्रतिबन्धका कारण खेलेका थिएनन्। मेसीलाई अघिल्लो खेलमा रातो कार्ड पाएपछि दुई खेलको प्रतिबन्ध लगाइएको छ । अब कोपा डेल रे को अन्तिम १६ को समीकरण पुरा भएको छ र ड्र आज हुँदैछ ।

प्रतिक्रिया