डायनामाइट विस्फोट हुँदा कम्तिमा ८ जनाको मृत्यु

काठमाडौं । भारतकाे कर्नाटकको शिवामोग्गामा डायनामाइट विष्फोट हुँदा ८ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार साढे १० बजेतिर रेलवे क्रसर साइटमा भएको उक्त बिस्फोटको धक्का आसपासका क्षेत्रमा समेत महशुस गरिएको थियो ।

विष्फोटको झड्काले नजिकैको सडकमा चिरा परेको छ भने केही घरका झ्यालका शिशा फुटेका भारतीय पत्रिका दैनिक भास्करले उल्लेख गरेको छ । मानिसहरूले भूकम्प आएको हो कि भनेर भूकम्प मापन केन्द्रमा फोन समेत गरेका थिए ।

मृत्यु हुनेमा डायनामाइट ट्रकमा ओसारिरहेका मजदुरहरू छन् । विष्फोटस्थल प्रादेशिक राजधानी बैङ्लुरूदेखि ३५० किलोमिटर टाढा छ । विष्फोट भएको शिवमोगा जिल्ला मुख्यमन्त्री बीएस येदियुरप्पाको गृह जिल्ला हो । के कारणले विस्फोट भयो भन्ने खुलिसकेको छैन ।

प्रतिक्रिया