संवैधानिक इजलासद्वारा संसद् विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना माग

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना माग गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेको राजपत्रमा प्रकाशित सूचना माग गरेका हुन् ।

अधिवक्ताद्वय ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले संसद् विघटन गर्ने सिफारिस राष्ट्रपतिले सदर गरेपछि राजपत्रमा प्रकाशित भएको आफूलाई थाहा नभएको बताएका थिए । त्यसपछि प्रधानन्यायाधीशले सूचना माग गरेका हुन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध परेको दर्जन बढी रिटउपर गत आइतबारदेखि निरन्तर सुनुवाइ हुँदै आएको छ ।

प्रतिक्रिया