आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने बाबु पक्राउ
२०७७ माघ ८ गते

रुपन्देही । आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने बाबु पक्राउ परेका छन् । ११ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुटबल उपमहानगरपालिका-११ मजुवा बस्ने ३३ वर्षीय पुरुषलाई बुधबार प्रहरीले पक्राउ गरेको हाे ।
ती बालिकालाई गत बिहीबार राति जबरजस्ती करणी गरेको खबरपछि ईलाका प्रहरी कार्यालय बुटबलबाट खटिएको प्रहरीले ती पुरुषलाई नियन्त्रणमा लिएकाे हाे ।
घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
२०७७ माघ ८ गते
प्रतिक्रिया
सम्बन्धित








