गगनको अपील- ‘संविधान रक्षाको पक्षमा जुटौँ-उठौँ’

काठमाडौँ । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले लोकतान्त्रिक संविधान रक्षामा लागि सरकारको कदमविरुद्ध एकजुट हुन अपील गरेका छन् । उनले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का १२ वटै वडावासीलाई संसद विघटनविरुद्ध ऐक्यबद्धता प्रकट गर्न आग्रह गरेका हुन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशभरका ६ हजार ७४३ वटै वडामा विरोध प्रदर्शन गर्दैछ । सोही कार्यक्रम अन्तर्गत नेता थापाले पनि आफ्नो निर्वाचन क्षेत्रमा सबै वडावासीलाई विरोधको लागि अपील गरेका हुन् ।

संसद विघटनको कदमलाई असंवैधानिक भनेको कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ ।

प्रतिक्रिया