युभेन्टसले जित्यो इटालियन सुपरकपको उपाधि

काठमाडौँ । युभेन्टसले इटालियन सुपरकोपाको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा युभेन्टसले नापोलीलाई २-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक एक गोल गरेका थिए । २०१८ मा रियल म्याड्रिड छोडेर युभेन्टस आएका रोनाल्डोले युभेन्टसमा योसहित चौथो उपाधि जितेका छन् ।

तर यस सिजनको सिरी ए मा भने युभेन्टसको प्रदर्शन सोचेजतो हुनसकेको छैन । अहिले युभेन्टस सिरी ए मा पाँचौ स्थानमा रहेको छ र शीर्ष स्थानमा रहेको एसी मिलानभन्दा १० अंकले पछाडी रहेको छ ।

त्यस्तै युभेन्टसले योसहित सबैभन्दा बढी ९ पटक सुपरकोपाको उपाधि जितेको छ भने मिलानले ७ पटक सुपरकोपा इटालीको उपाधि जितेको छ । त्यस्तै इन्टर मिलान र लाजियोले ५-५ पटक यो उपाधि जितेका छन् । –एजेन्सी

प्रतिक्रिया