कोरोनाका कारण जिम्बाब्बेका विदेश मन्त्रीको निधन

हरारे । जिम्बाब्बेका विदेशमन्त्री सिबुसिसो मोयोको बुधबार कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना भाइरस सङ्क्रमित पुष्टि भएको एक दिनपछि बुधबार उनको निधन भएको अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रपति तथा मन्त्रिपरिषद्का कार्यवाहक प्रमुख सचिव जर्ज चाराम्बाद्वारा जारी वक्तव्यका अनुसार कोरोनाकै कारणले उनको निधन भएको स्वास्थ्यकर्मीहरुले पुष्टि गरेका छन् ।

उनका पारिवारिक सदस्यले पनि कोरोनाका कारण निधन भएको बताएको सिन्ह्वाले उल्लेख गरेको छ । ‘मेरा दाजुको कोरोना भाइरसका कारण निधन भएको छ, उनलाई हिजो मात्रै कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो,’ उनका एक भाइले बुधबार भने।

जिम्बाब्बेमा कोरोनाका कारण निधन भएका मन्त्रीमध्ये उनी तेस्रो मन्त्री भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

जिम्बाब्बेमा पनि गत सन् २०२० को मार्चदेखि कोरोना भाइरसको महामारी फैलिन शुरु भएको हो । एजेन्सी

प्रतिक्रिया