१० महिनापछि फर्कियाे रंगशालामा फुटबल [फोटो फिचर]

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा राष्ट्रिय महिला लिग फुटबल बुधबारबाट शुरु भएको छ ।

पहिलो पटक बृहत् रुपमा आयोजना गरिएको लिगको उद्घाटन खेलमा एन्फाले दर्शकलाई निःशुल्क प्रवेशको सुविधा दिएको छ । पहिलो पटक डबल राउण्ड रोबिनको आधारमा आयोजना गरिएको महिला लिगमा ७ टोलीको सहभागिता रहेकोछ ।

खेलमा तीन विभागीय टोली (शसस्त्र प्रहरी बल एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब) सहित चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले एकआपसमा प्रतिस्पर्धा गर्दैछन् ।

एन्फाका अनुसार विजेता टोली प्रथम, द्धितिय, तेस्रो र सान्त्वनाले क्रमशः १५, ८, ५ र ३ लाख नगद प्राप्त गर्नेछन् । |बुधबारबाट शुरु भएको राष्ट्रिय महिला लिग फुटबल । विकास अर्याल, मकालु खबर|

प्रतिक्रिया