प्रदेश नं. १ हिउँदे अधिवेशन : निलम्बित सांसदहरुलाई प्रवेश दिइने

  • सुमन सुस्केरा

विराटनगर । बुधबारबाट शुरु हुने प्रदेश नं. १ को हिउँदे अधिवेशनमा निलम्बित १६ प्रदेश सभा सदस्यले पनि प्रवेश पाउने भएका छन् ।

यसअघि मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ता दर्ता भएपछि केपी शर्मा ओली नेतृत्वको नेकपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वका १६ जना सांसदलाई निलम्बन गरेको थियो ।

आजको बैठकमा प्रदेश प्रमुखले सदन सुचारू गर्न पठाएको पत्र पढेर सुनाएपछि अनिश्चित रुपमा स्थगन हुने कार्य व्यवस्था परामर्श समितिको बैठकमा निर्णय भएको छ ।

सभा स्थगन भएको मितीको ६ महिनाभित्र अर्को अधिवेशन बोलाउनुपर्ने संवैधानिक जटिलता आउन नदिन आज बैठक बसेर पत्र बढी सदन स्थगन गरिने नेकपा प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए ।

यता ओली समूहका नेता बुद्धिकुमार राजभण्डारीले भने निलम्बनमा परेका १६ जना प्रदेश सभा सदस्यलाई बैठक कक्षमा प्रवेश गर्न नदिइने बताएका थिए ।

प्रतिक्रिया