महिला फुटबलको उद्घाटनमा आर्मी र पुलिस भिड्दै

काठमाडौं । महिला राष्ट्रिय फुटवल लिग आजबाट शुरु हुँदैछ । आजको उद्घाटन खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्दै छन् ।

खेल दशरथ रंगशालामा दिउँसो २ बजे हुनेछ । उद्घाटन पछिका अरु खेल भने एन्फाको मैदान सातदोबाटोमा हुनेछन् । एन्फाले महिला लिगको उद्घाटन खेल हेर्नका लागि दर्शकलाई निःशुल्क प्रवेशको सुविधा दिएको छ । पहिलो पटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा ७ टोली सहभागी हुनेछन् ।

यस पटकको महिला लिगमा सहभागी टोलीले ४ विदेशी खेलाडी समेत राख्न पाउनेछन् । प्रतियोगितोको विजेता टोलीले १० लाख रुपैयाँ, दोस्रो हुनेले ८ लाख, तेस्रो हुनेले ५ लाख, चौथो हुनेले ३ लाख रुपैयाँ पाउने एन्फाले जनाएको छ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर प्राप्त गर्ने र विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार रुपैयाँ पाउने एन्फाले जनाएको छ ।

प्रतिक्रिया