मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव हाम्रा लागि अवसर हो : कांग्रेस

विराटनगर । प्रदेश १ मा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावलाई नेपाली काँग्रेसले अवसरका रुपमा लिएको जनाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै प्रमुख सचेतक केदार कार्कीले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावलाई काँग्रेसले अवसरका रुपमा लिएको बताएका हुन् ।

प्रमुख प्रतिपक्षी दल भएका हिसाबले आफूहरुले राख्नुपर्ने अविश्वास प्रस्ताव नेकपाकै सांसदहरुले राख्नु कांग्रेसका लागि सकारात्मक भएको विज्ञप्तिमा उल्लेख छ । ‘अन्य राजनीतिक सहमती नहुँदासम्म नेपाली काँग्रेस तटस्थ बस्न सक्दैन र बस्नु हुँदैन, भन्ने मेरो धारणा स्पष्ट पार्दै हामी कसैलाई सघाउने भन्दा पनि आफै नेतृत्व गर्ने प्रयास गर्नुपर्दछ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हाम्रो नेतृत्व स्वीकार गर्नेसँग नै सहकार्य गर्नुपर्दछ ।’

उनले अन्य राजनीतिक घटना विकसित नभएसम्म मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव प्रतिपक्षको अंग र लोकतन्त्रको सर्वमान्य सिद्धान्त भएको दोहोर्याएका छन् ।

प्रतिक्रिया