माघ ७ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल माघ ०७ गते । बुधबार । ईश्वी सन् २०२१ जनवरी २० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–सप्तमी,१६ घडी ४१ पला,दिउसो ०१ बजेर ३७ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–रेवती,१६ घडी ०८ पला,दिउसो ०१ बजेर २४ मिनेट उप्रान्त अश्विनी । योग–सिद्ध,३३ घडी ५८ पला,बेलुकी ०८ बजेर ३२ मिनेट उप्रान्त साध्य । करण–वणिज,दिउसो ०१ बजेर ३७ मिनेट उप्रान्त भद्रा,रातको ०२ बजेर ३९ मिनेट उप्रान्त बव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–मीन,दिउसो ०१ बजेर २४ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३३ मिनेट । दिनमान २६ घडी ३० पला ।

आजको बार बेला ।
बिहान ०६ बजेर ५७ मिनेटसम्म लाभ बेला ।
बिहान ६ बजेर ५८ मिनेटदेखी बिहान ८ बजेर १७ मिनेटसम्म अमृत बेला ।
बिहान ८ बजेर १८ मिनेटदेखी बिहान ९ बजेर ३६ मिनेटसम्म काल बेला ।
बिहान ०९ बजेर ३७ मिनेटदेखी बिहान १० बजेर ५६ मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर ५७ मिनेटदेखी मध्यान्ह १२ बजेर १५ मिनेटसम्म रोग बेला ।
मध्यान्ह १२ बजेर १६ मिनेटदेखी दिउसो १ बजेर ३५ मिनेटसम्म उद्वेग बेला ।
दिउसो १ बजेर ३६ मिनेटदेखी दिउसो २ बजेर ५४ मिनेटसम्म चर बेला ।
दिउसो २ बजेर ५५ मिनेटदेखी बेलुकी ४ बजेर १४ मिनेटसम्म लाभ बेला ।
बेलुकी ४ बजेर १५ मिनेटदेखी बेलुकी ७ बजेर १४ मिनेटसम्म उद्वेग बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
दिउसो १२ बजेर १५ मिनेटदेखी दिउसो ०१ बजेर ३४ मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय मध्ययम रहेकोले दैनिक काममा बाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । आँखा तथा टाउकोमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । मध्यान्हबाट समय राम्रो रहेकोले राम्रा काम गरी नाम,नाम तथा ईनाम कमाउन सकिनेछ । राजनीति तथा जनताको काम गर्नेहरुका लागी समयले साथ दिने हुँदा पद प्राप्तीको योग रहेकोछ । अग्रज तथा आफन्तको सुझाब लाभदायी बन्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिहानको समय राम्रो रहेकोले निर्माण सामाग्रीहरुको व्यापारमा बृद्धि हुने तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा मन जानेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले प्रेममा मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आर्थिक रूपमा सबल हुने तथा आर्थिक कारोबारमा गतिशीलता आउने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगती हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग रहेकोछ । पछाडी कुरा काट्ने तथा शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ हुन सक्छ । प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । प्राकृतिक स्रोत साधनको प्रयोग गरि आम्दानी बढाउन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइ तथा आफन्तसँग भेटघाट हुने योग रहेकोछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम थोरै समय दिएर फत्ते गर्न सकिनेछ । स्वास्थ्य सबल रहने हुनाले तपाईँबाट राम्रा हुनेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहानको समय मध्ययम रहेकोले समय र कामको तालमेल नमिल्दा न्यून उपलब्धि हासिल हुनेछ । स्वास्थ्यमा सामान्य समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । व्यापारमा मन्दी आउनाले आर्थिक संकटको सामना गर्नुपर्नेछ । मध्यान्हबाट समय राम्रो रहेकोले सुखदुःखमा साथ दिने प्रशस्त भेटिनेछन् । अध्ययनमा मन जाने तथा खोजीमुलक क्षेत्रमा रुची बढ्नेछ । मनमा धार्मिक प्रवृति जागृत हुनेछ । छोटो दुरिको यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समय राम्रो रहेकोले भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको योग रहेकोछ । आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउने दृष्यहरु मन मुटुमा कैद गर्न पाउदा मन प्रफुल्लित हुनेछ । मध्यान्हबाट स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने योग रहेकोछ । दैनिक उपभोग्य र औषधीजन्य व्यापारबाट प्रशस्त आम्दानी हुनेछ । भौतिक सम्पती र सवारी साधन प्राप्तिको योग रहेकोछ भने यात्रामा निस्कन सकिनेछ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । माया प्रेममा मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइने छ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सत्रु परास्त हुनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुसिले उचाई नाघ्नेछ । सन्तान तथा आफन्तबाट सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिहानको समय मध्ययम रहेकोले कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्नेछन् । निर्णय लिएर शंका गर्ने बानिले समस्या निम्त्याउनेछ । अनावस्यक तथा दुर्गम स्थानको कष्टकर यात्रा हुनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले चिताएको काममा सोचेजस्तै सफलता हात पार्न सकिनेछ । काम तथा अध्ययनमा दिन व्यास्त रहने तथा बौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रणय सम्बन्ध सुदृड हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय राम्रो रहेकोले दाजुभाई तथा आफन्तको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । अध्ययन तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ । समयले साथ दिने हुनाले सानो सानो लगानीबाट आम्दानी गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले फाईदाका लागी पछि लाग्दा धनमाल गुम्न सक्छ ध्यान दिनुहोला । सवारी साधन तथा विलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रतिस्पर्धीहरुको मनोबल गिराउदै उपलब्धि हात पार्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । स्वास्थमा सुधार भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउदै लान सकिनेछ । ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) शुभ मांगलिक सभा समारोह जस्ता कार्यक्रममा सहभागी भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यावसायमा प्रशस्त नाँफा कमाउन सकिने हुनाले दैनिकि फेरिनेछ । प्रेम प्रसङगमा रमाउन चाहनेहरुका लागी दिनले साथ दिईने हुनाले आफुले मन परेको प्रिय पात्रलाई आफ्नै मन मुटुमा राख्न पाउदा मन प्रशन्न हुनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै बोलेर मनग्ने आम्दानी गर्न सकिनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया