इन्स्पेक्टर पपु उत्कृष्ट प्रहरी

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक पपु नायक पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ काम गरेको भन्दै उनलाई प्रदेश प्रहरी कार्यालयले सर्बोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

उनले उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुको साथै चोरी, अवैध लागू औषध कारोबारी लगायत विभिन्न अपराधिक घटनाका फरार प्रतिवादी पक्राउ तथा कानूनी कारबाही गरेकोले सम्मान गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

उनले आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने प्रशंसनीय कार्य गरेको पनि उनले प्राप्त गरेको प्रमाणपत्रमा भनिएको छ । उनी जिल्ला प्रहरी कार्यालय मोरङ दरबन्दीका प्रहरी निरीक्षक पदमा कार्यरत रहेका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आएको छ।

प्रतिक्रिया