सुनसरीमा माईक्रोबस दुर्घटना, तीनजनाको मृत्यु

बिराटनगर । सुनसरीको दुहबीमा माईक्रोबस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ। दुर्घटनामा ८ जना घाइते भएका छन् । ट्राफिक प्रहरी कार्यालय दुहबीका ईन्चार्ज गोपाल श्रेष्ठकाअनुसार मृत्यु हुनेमा सप्तरीकाे राजविराज १ को अन्दाजी २२ वर्षीय शंकर यादव र सुनसरी ईनरुवा ३ का अन्दाजी वर्ष ४४ का बिर्ख मन्डल छन् । एकजनाको  भने नाम खुल्न बाँकी छ ।

घाइते हुनेमा विराटनगर १४ का जयनारायण यादव, सप्तरीकाे मंन्सापुर न.पा. हनुमाननगरका ईन्द्रमला देवी, राजविराज न.पा. ७ का निरज यादव, सुरेश मन्डल, सुनसरी ईनरुवा ८ गणेशपुरका चन्द्र मेहता, भोक्राहा नर्सिङ ३ का प्रशान्त यादव, प्रकाशपुर १० का भरत यादव छन् । उनीहरुको विराटनगर अस्पताल र दुहबीको सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुहबीबाट ईनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ज ३८६८नम्बरको माईक्रोबससँग को.३४ प ४६९४ नम्बरको मोटरसाइकल ठाेक्किएर  दुर्घटना भएको हाे ।

प्रतिक्रिया