अन्तिम टेस्टमा गजब प्रदर्शनपछि भारतलाई शृँखला

एजेन्सी । अष्ट्रेलियासंगको चार खेलको टेस्ट शृँखला भारतले जितेको छ ।

अष्ट्रेलियाको ब्रिसबेनमा मंगलबार सकिएको अन्तिम तथा निर्णायक टेस्टमा ३ विकेटको जीत हात पार्दै भारतले शृँखला २–१ ले आफ्नो पक्षमा बनाएको हो ।

एक दिनको खेल बाँकी हुँदा तेश्रो टेस्टमा भारतले ३ सय २८ रनको लक्ष्य पाएको थियो । चुनौतिपूर्ण ठानिएको लक्ष्य भारतले ७ विकेट गुमाएर पुरा गर्दै शृँखला आफ्नो बनायो ।

भारतका लागि सुबम गिलले ९१ रन बनाए भने ऋषब पन्त ८९ रनमा अविजित रहे । यस्तै ,चेतेश्वर पुजाराले ५६ र कप्तान अजिन्का रहानेले २४ रन बनाए ।

अष्ट्रेलियाका पाट कुमिन्सले ४ विकेट लिएपनि त्यसले भारतको जीत रोक्न सकेन । दोस्रो इनिङ्समा अष्ट्रेलियाका स्टिभ स्मिथले ५५ र डेभिड वार्नरले ४८ रन बनाएपनि अष्ट्रेलिया दोस्रो इनिङ्समा २ सय ९४ रनमा अलआउट भएको थियो ।
भारतका मोहमद सिराजले ५ र सार्दुल ठाकुरले ४ विकेट लिए ।

भारतले पहिलो इनिङ्समा ३ सय ३६ र अष्ट्रेलियाले ३ सय ६९ रन बनाएका थिए ।

शृँखलाको पहिलो टेस्ट अष्ट्रेलियाले ८ विकेटले जितेको थियो । तर, दोस्रो टेस्टमा भारत लयमा फर्किँदै ८ विकेटको जीत हात पारेको थियो ।

तेस्रो टेस्ट बराबरीमा सकिएपछि चौथो टेस्ट निर्णाय बनेको थियो ।

प्रतिक्रिया