ट्रम्पकाे आदेशका बाबजुद पनि यात्रा प्रतिबन्ध लागू रहने

काठमाडाैं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जाे बाइडेनका प्रवक्ताले अमेरिका युके, यूराेपीयन यूनियनका केही देश र ब्राजिलबाट आउने यात्रुहरूमा प्रतिबन्ध तत्काल नहटाइने बताएका छन् ।

पूर्व राष्ट्रपति डाेनाल्ड ट्रम्पले यसअघि यात्रा प्रतिबन्ध हटाउन आदेश दिएका थिए । तर साेमबार ह्वाइट हाउसले एक निर्देशन जारी गर्दै यूके, यूराेपियन यूनियनका केही देशहरूका साथै ब्राजिलबाट आउने यात्रुमाथि लगाइएकाे प्रतिबन्ध जाे बाइडेनले राष्ट्रपति पद सम्हालेकाे ६ दिनपछि अर्थात् २६ तारिखसम्म नहट्ने जानकारी गराएकाे छ ।

यद्यपी बाइडेनका प्रवक्ताले भने काेराेना भाइरस संक्रमणकाे दाेस्राे लहर बढिरहेका बेला प्रतिबन्ध हटाउन उचित नहुने बताएका छन् । र याे संक्रमण राेक्नका लागि अन्तर्राष्ट्रिय यात्रासँग जोडिएको यात्रा आदेशबारे पुनर्विचार गर्ने तयारी भएको समेत उनले जानकारी दिए ।

अमेरिकाले गत मार्चबाट यूराेपियन मुलुकहरूबाट हुने यात्रामा प्रतिबन्ध लगाएकाे थियाे भने मे मा ब्राजिलबाट आउनेहरूलाई प्रतिबन्ध लगाएको थियो । ट्रम्पकाे आदेश अनुसार २६ तारिखमा प्रतिबन्ध हट्नुपर्ने भएता पनि काेराेनाकाे संक्रमणकालिन अवस्थामा याे प्रतिबन्ध अझै लम्बिन सक्छ !

प्रतिक्रिया