धरानमा उपचाररत काेराेना संक्रमितको मृत्यु

काठमाडौं । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड-१९ को संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

धनकुटाको धनकुटा नगरपालिका-४ निवासी ७७ वर्षीया महिलाको प्रतिष्ठान कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानको सूचना केन्द्रका अनुसार ती महिलाको बिहान ६ बजे मृत्यु भएको हो । उच्च रत्तचापको समस्या रहेको महिला गत पुष १४ गते अस्पताल भर्ना भएका थिए । उनमा पुष १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतकको शवको नियमानुसार व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया