यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल माघ ०६ गते । मंगलबार । ईश्वी सन् २०२१ जनवरी १९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–षष्ठी,१२ घडी ०६ पला,बिहान ११ बजेर ४८ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–उत्तराभाद्रपदा,१० घडी २४ पला,बिहान ११ बजेर ०७ मिनेट उप्रान्त रेवती । योग– शिब,३३ घडी ०८ पला,बेलुकी ०८ बजेर १२ मिनेट उप्रान्त सिद्ध । करण– तैतिल,बिहान ११ बजेर ४८ मिनेट उप्रान्त गर,रातको १२ बजेर ४० मिनेट उप्रान्त वणिज । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३२ मिनेट । दिनमान २६ घडी २८ पला ।

आजको बार बेला ।
बिहान ०६ बजेर ५७ मिनेटसम्म रोग बेला ।
बिहान ६ बजेर ५८ मिनेटदेखी बिहान ८ बजेर १७ मिनेटसम्म उद्वेग बेला ।
बिहान ८ बजेर १८ मिनेटदेखी बिहान ९ बजेर ३६ मिनेटसम्म चर बेला ।
बिहान ०९ बजेर ३७ मिनेटदेखी बिहान १० बजेर ५६ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर ५७ मिनेटदेखी मध्यान्ह १२ बजेर १५ मिनेटसम्म अमृत बेला ।
मध्यान्ह १२ बजेर १६ मिनेटदेखी दिउसो १ बजेर ३४ मिनेटसम्म काल बेला ।
दिउसो १ बजेर ३५ मिनेटदेखी दिउसो २ बजेर ५४ मिनेटसम्म शुभ बेला ।
दिउसो २ बजेर ५५ मिनेटदेखी बेलुकी ४ बजेर १३ मिनेटसम्म रोग बेला ।
बेलुकी ४ बजेर १४ मिनेटदेखी बेलुकी ७ बजेर १३ मिनेटसम्म काल बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
दिउसो ०२ बजेर ५३ मिनेटदेखी बेलुकी ०४ बजेर १३ मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खर्च भावमा गोचर गरिरहेको चन्द्रमाले सामान्य स्वास्थ्य सम्बन्धी समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । अरुकै लहैलहैमा लाग्दा दैनिक कामहरु थाती रहनेछन् । आफन्त तथा परिवारजनलाई धेरै समय दिनु पर्नेछ । नीति पुर्वक काम नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ । तरपनि विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुका लागी दिन शुभ रहनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सामाजिक काममा समय खर्च हुनेछ भने धार्मिक तथा सामाजिक क्षेत्रबाट सम्मानित भई मान सम्मानमा बृद्धि हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ भने आम्दानीका नयाँनयाँ स्रोत पत्ता लगाउन सकिनेछ । पारिवारिक शुख मिल्ने तथा माता पिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । चाहना बमोजिम कार्य सम्पन्न गर्न सकिने छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राज्यभावमा गोचर गर्ने शुभ चन्द्रमाले राज्यको नजिक रहेर काम गर्नेहरुका लागी समय राम्रो रहेकोछ । राज्यको सम्पती तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आर्थिक अवस्था सुदृड बनाउन सकिनेछ । मन परेको मानिसबाट उपाहार प्राप्तीको योग रहेकोछ । खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई आफ्नो प्रस्तुती देखाउन सकिनेछ । माता पिताको समयोगले राम्रा काम गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्यात्म र दर्शनप्रति मन आकर्षित हुनेछ । प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मान्यजन र अग्रजको आशीर्वाद प्राप्त हुनेछ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक,सांस्कृतिक गती वीधिमा सामेल हुने अवसर जुर्नेछ । सामाजिक क्षेत्रमा सक्रियता बढाई राम्रा काम गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घरपरिवारमा मानसिक तनाव, व्यापारमा घाटा, अध्ययनमा अनावश्यक बाधा अवरोध र काममा अपजस व्यहोर्नु पर्ने समय रहेकोछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला,यात्रा घातक बन्न सक्छ । सामाजिक र परोपकारका क्षेत्रमा काम गर्न खोज्दा अवरोध हुनेछ । स्वास्थ्यप्रती समेत सचेत रहनु होला । अनावश्यक यात्रा नगर्नु नै आजको लागी राम्रो रहनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेममा आम्मियताको बढोत्तरी हुनेछ भने सामिप्यता बढेर जानेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा मनग्गे आम्दानि हुनेछ । जीवन साथिसँग रमाईलो यात्राको तय हुनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । शरिरमा स्फुर्ति बढ्ने हुँदा जस्तो सुकै काम गर्नपनि जागर आउनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) दैनिक कारोबारले गती लिने तथा आर्थिक रुपमा सबल हुने समय रहेकोछ । तपाईँको कुरा काट्नेहरु आफै किनारा लाग्नेछन् । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्ने तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछन् । ऋण,रोगबाट मुक्ती मिल्ने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षको आशिर्वादले काम गर्न जोस जागर बढेर आउनेछ । अध्ययनमा मन जाने तथा श्रमको उचित मुल्याङकन हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समय राम्रो रहेकोले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । चिन्तन र उपायले काम गर्न सकिनेछ । व्यावसायबाट नाँफा कमाउन सकिने तथा आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । समाजमा राम्र काम गर्न सकिने हुनाले मानसम्मानमा बृद्धि हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् भने प्रेम र प्रणयतर्फ मन आकर्षण हुनेछ । प्रतियोगिता र प्रतिस्पर्धामा विजय हुने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आर्थिक दृष्टिकोणले आजको दिन मध्ययम रहेकोछ । आबेग तथा अहंकारले गलत बाटोमा नलैजाला भन्न सकिन्न । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । अनावश्यक तनाव लिने बानिले काम गर्न मन लाग्ने छैन । आफन्त तथा आमाको स्वास्थ्यमा समस्या पैदा हुनेछ । व्यापारमा मन्दी आउने भएपनि दैनिक उपभोग्य बस्तु तथा औषधीजन्य सामान खरिद बिक्रिबाट लाभ लिन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) छोटो तथा रमाईलो यात्राको तय हुने योग रहेकोछ । उत्पादिन उद्योग तथा व्यावसायमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुने हुँदा बिलाशी जीवन व्यातित गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीचको मायाको डोरो कसिलो भएर जानेछ । बिद्यार्थि वर्गहरुले पढाइ लेखाइमा भनेजस्तो सुधार गर्न सक्नेछन् । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समाजमा राम्रा काम गरि नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । पारिवारिक माहोलामा जभघट भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा थोरै लगानि गर्दा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ भने जीवन साथिको सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ अरुभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सुन्दर तथा बिलाशी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । माया प्रेममा सामिप्यता तथा सुमधुरता बढेर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने अरुभन्दा अग्र पंत्तिमा तपाईँको नाम आउनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया