डेढ घण्टापछि नियन्त्रणमा आयो सिटी अपार्टमेन्टको आगलागी

काठमाडौँ । काठमाडाैंकाे रवि भवनस्थित सिटी अपार्टमेन्टकाे आगलागी नियन्त्रणमा आएकाे छ ।

साेमबार करिब २ बजेतिर सुरू भएकाे आगलागी पाल प्रहरी, नेपाली सेना, काठमाडौँ महानगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमामा करिब डेढ घण्टापछि नियन्त्रणमा आएकाे महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टले जानकारी दिए ।

‘आगलागीकाे कारण प्रष्ट खुलिसकेकाे छैन । विद्युत सर्किट सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।     आगलागीबाट अपार्टमेन्टमा केही क्षति पुगेकाे छ तर मानविय क्षति भने भएकाे छैन’, डीएसपी विष्टले मकालु खबरसँग भने ।

प्रतिक्रिया