शुलभ ट्रेड कन्सर्नका प्रोपाइटरविरुद्ध करछलि मुद्दा, ६ करोड ५२ लाख विगाे माग

काठमाडौं । राजस्व अनुसन्धान विभागले बाराका एक व्यापारविरुद्ध कर छलिको मुद्दा दायर गरेको छ ।

विभागले ६ करोड ५२ लाख १३ हजार ७२६ विगो र कैद सजाय मागदाबी सहित आइतबार उच्च अदालत पाटनमा बाराको विश्रामपुर–५ बस्ने शुलभ ट्रेड कन्सर्नका अमिरी ठाकुरविरुद्ध मुद्दा दायर गरेको हो ।

उक्त कम्पनीले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली बिक्री बीजक जारी गरी आ.व. २०६८/०६९ देखि २०७३/७४ सम्ममा मू.अ.कर तथा आयकर राजस्व चुहावट गरेकोले राजस्व चुहावट गरेकाे विभागकाे अनुसन्धानमा खुलेकाे छ ।

प्रतिक्रिया