काठमाडौंमा दिउँसै चोरी

काठमाडाैं । काठमाडौंमा एक जनाकाे डेरामा दिउँसै चाेरी भएकाे छ ।

काठमाडाैं महानगरपालिका-२६ म्हैपी मन्दिर नजिक डेरा गरी बस्ने गुल्मी ईस्मा गाउँपालिका-२ घर भएका ३५ वर्षीया लक्ष्मी गुरुङको कोठाबाट नगद १ लाख रुपैयाँ र करिब ७ लाख २० हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना समेत गरी करिब ८ लाख २० हजार बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको हाे ।

अहिले प्रहरीले चाेरीमा संलग्नकाे खाेजी गरिरहेकाे छ । अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया