रुपन्देहीमा बलात्कृत बालिकालाई थप उपचारका लागि काठमाडौं ल्याइयो

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका १३ मा पाँच बर्षीया बालिकाकाे बलात्कार भएकाे छ । बलात्कारका कारण अवस्था गम्भीर भएपछि बालिकालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

रुपन्देही र आसपासका अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं पठाइएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेश श्रीले मकालु खबरलाई जानकारी दिए ।

घरमै खेलिरहेकी बालिकालाई घरबाट टाढा लगि बलात्कार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्न रहेको अभियोगमा कपिलवस्तुको वाणगङ्गा नगरपालिका घर भइ तिलोत्तमा नगरपालिकामा मजदूरी गर्ने होमबहादुर बिक लाई पक्राउ गरिएको पक्राउ प्रवक्ता श्रीले जानकारी दिए ।

प्रतिक्रिया