साेलुखुम्बुमा गाडी दुर्घटना, तीनजनाको मृत्यु

सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

आइतबार राति साढे ११ बजे बा४ख ७९८० नम्बरको गाडी दुर्घटना हुँदा चालक धादिङका कमल मगर, हेटौँडाका रामकुमार मगर र सप्तरीका कृष्ण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिए ।

हेटौँडाका रमेश मगर घाइते भएका छन् । उनकाे जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेकाे छ । दूधकोशी सोलुखोला जलविद्युत् आयोजनाको निर्माण सामग्री लिएर आएको गाडी  दुर्घटना भएकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया