मोरङमा बिहानै बस र कार जुध्दा ४ घाइते

विराटनगर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको गोठगाउँमा बस र कार जुध्दा ४ जना घाइते भएका छन् । बिहान काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको बस र पूर्वतर्फ आउदै गरेको कार जुध्दा दुर्घटना भएको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डीएसपी सुमन तिम्सिनाका अनुसार घाइते ४ जनालाई उपचारका लागि लगिएको छ । दुर्घटनामा कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । दुर्घटनामा थप विवरण आउन बाँकी रहेको डीएसपी तिम्सिनाले जानकारी दिए ।

प्रतिक्रिया