मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

माघको अन्तिम साता राष्ट्रव्यापी स्नुकर प्रतियोगिता हुने

काठमाडाैं । माघ अन्तिम साताबाट अजिमा स्नुकर हाउसमा चक्र लामा–किसन लामा स्मृति राष्ट्रव्यापी स्नुकर प्रतियोगिता हुने भएको छ । नेपाल विलियाड्र्स, स्नुकर तथा पुल संघले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २८ गतेदेखि फागुन २२ गतेसम्म संचालन हुने जानकारी गराएको हाे ।

प्रतियोगितामा ५० जिल्लाबाट करिब २ सय ५६ जना खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएकाे छ । प्रतियोगिताको विजेताले २ लाख ११ हजार ५ सय प्राप्त गर्ने छन् । यस्तै उपविजेताले ९१ हजार प्राप्त गर्नेछन् भने तेस्रोले ३० हजार ५ सय प्राप्त गर्नेछन् ।

१ सय ४७ ब्रेक गर्नेले १० लाख प्राप्त गर्दा हाईएस्ट ब्रेक गर्नेले २१ हजार ५ सय नगद पाउने छन् भने सेन्चुरी ब्रेक गर्नेले २ लाख १ हजार र बेस्ट प्लेयरले ११ हजार ५ सय पाउने आयोजकले जनाएकाे छ ।

प्रतिकृयाहरु
Loading...