‘मान्छेहरु बालुवाटारतिर जानै डराउँछन्, केन्द्रीय सदस्य बनाइदिहाल्छन्’

काठमाडौं । विभाजित एक चिरा नेकपाको नेतृत्व गरिरहेका अध्यक्ष माधवकुमार नेपालले मानिसहरु प्रधानमन्त्री सरकारी निवास बालुवाटार जानै डराउन थालेको अभिव्यक्ति दिएका छन् ।

आइतबार आफू निटकको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्न दाङ पुगेका अध्यक्ष नेपालले बालुवाटार जानेबित्तिकै केन्द्रीय सदस्य बनाइहाल्ने ब्याङ्ग्य गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् । ‘बालुवाटारतिर मान्छे जानै डराउँछन्’, सम्बोधनको क्रममा अध्यक्ष नेपालले भनेका छन्, ‘पक्रेर केन्द्रीय सदस्य बनाइदिहाल्छन् । कतिलाई केन्द्रीय सदस्य सुन्नु नपरेपनि हुन्थ्यो भएको छ ।’

केपी शर्मा ओलीले बनाएकोमध्ये करिब २०० जना केन्द्रीय सदस्यले अस्वीकार गरिसकेको बताउँदै अध्यक्ष नेपालले भनेका छन्, ‘केपी ओलीले जे गरेपनि ठीक भयो भन्ने भारदारहरु छन् । संसद् विघटनलाई पनि ठीक गर्नुभयो भन्ने, पार्टी विभाजनलाई पनि ठीक गर्नुभयो भन्ने ।’

अध्यक्ष नेपालले ओलीसँग आफू महाराजा बन्ने र आफ्नो भारदारहरुबाट प्रशंसा चाहने प्रवृत्ति रहेको पनि बताए ।

प्रतिक्रिया