मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

कोका–कोलाको ‘कोक र खाना’ अभियान

काठमाडौं । कोका–कोलाको ‘कोक र खाना’ अभियानमा रुपान्तरण भएको छ । ‘खाना जे होला स्वाद बढाउन कोका–कोला’ भन्ने नारासहितकाे यस अभियानले कोकसँग खाँदा साधारण खाना पनि स्वादिष्ट बन्छ भन्ने सन्देशलाई  पुनःस्थापना गरेको छ ।

विगत ५ वर्ष देखि कोका–कोलाले मोःमोःउत्स वपर्वको रुपमा कोक र खानाको संयोजनलाई मनाउँदै आइरहेको छ । यस वर्षको अभियानमा भने कोका-कोलाले मःमः को साथै हरेक खानामा कोकले थप्ने स्वादको उत्कृष्टता मनाउँदै छ ।

यस अभियानको बारेमा बोल्दै नेपालका लागि कोका–कोलाका कन्ट्री निर्देशक अम्बुज सिंहले भने, ‘यो अभियान घरमै खाना र विशेष क्षणहरू साट्ने बारेमा हो, र यसले कोकको खानासँगको सम्बन्धमा प्रकाश पार्छ । कोक र खाना एक उत्कृष्ट जोडी हो र हामी हाम्रा उपभोक्ताहरूलाई उनीहरूको आफ्नै कोक र खानाको संयोजनका साथ स्वाद र आफ्नोपनको खुसी बढाउन प्रोत्साहित गर्न चाहन्छौँ ।’

कोक र खाना पहिलेको कोक र मःमः अभियानको एक विस्तारण हो र यसले खानासँग कोकको सम्बन्धलाई थप जोड दिन्छ। यस अभियानको विज्ञापनमा लोकप्रिय अभिनेत्रीहरू सम्रागी आरएल शाह र अलिशा राई, र गायिका केन्जल श्रेष्ठ, जे अथर र आइजन छन्, र सो विज्ञापनमा कोकका साथ गुण्स्तरीय खाना टाइमजीवनमा कसरी ल्याउन सकिन्छ भनेर देखाइएकोे छ ।

प्रतिकृयाहरु
Loading...