‘जनता गणतन्त्रवादी आन्दोलनमा होमिँदा ओली बयलगाडाको कथा सुनाउँदै थिए’

काठमाडौं । राजनीतिक रुपमा विभाजित एक चिरा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व गरिरहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता गणतन्त्रवादी आन्दोलनमा होमिँदा प्रधानमन्त्री केपी शर्मा ओली बयलगाडाको कथा सुनाएर रँदै गरेको बताएका छन् ।

आइतबार राष्ट्रिय यवा संघको पूर्ण बैठकलाई काठमाडौंको बुद्धनगरबाट सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । ‘बा–आमा मरेको बेला हामी हाँस्न सक्दैनौँ’, अध्यक्ष दाहालले सम्बोधनको क्रममा भनेका छन्, ‘तपाईँ (ओली) त्यस्तो मान्छे हुनुहुँदो रहेछ । गणतन्त्र स्थापनाका लागि जनता आन्दोलनमा होमिँदा तपाईँ बयलगाडाको कथा सुनाउँदै रुँदै हुनुहुन्थ्यो ।’

यस्तै अध्यक्ष दाहालले ओलीले नेपाली जनताले लामो संघर्ष गरेर ल्याएको संविधानको हत्या गरेको आरोप लगाए । नेपाली जनताको योगदानको दस्तावेज नै हालको संविधान भएको बताउँदै अध्यक्ष दाहालले भनेका छन्, ‘तपाईँ (ओली)ले संसद् विघटन गरेर जनताको अधिकार खोस्नुभयो । हामीले लामो संघर्ष र बलिदानपछि उपलब्धीहरु भनेकै संविधान हो । किनकी, हामीले संविधानको सुरुमै के लेखेका छौँ । हामी सार्वभौम नेपाली जनता भनेका छौँ । अहिलेसम्मको कुनै पनि संविधानले सार्वभौम भनेको थिएन । संविधानसभाबाट बनेको संविधानमा मात्रै जनताको भाषा बोलिएको थियो ।’

यसैबीच दाहालले ओलीले बहुमत सदस्यको निर्णय मान्नैपर्ने जिकिर गरेका छन् । माओवादी जनयुक्तताका ओलीले नेपालमा गणतन्त्र आउनु र बयलगाडा चडेर अमेरिका पुग्नु उस्तै भएको अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया