रसुवागढीबाट नेपाल भित्रिने पर्यटकको संख्या न्यून

काठमाडौं । सन् २०२० मा नेपाल–चीन व्यापारिक नाका रसुवागढीबाट न्यून पर्यटक भित्रिएका छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण यस बर्ष नेपाल भित्रिने पर्यटकको संख्यामा कमी आएको हो ।

यसअघि बार्षिक १० देखि ३१ हजारसम्म पर्यटक आउने गरेकामा सन् २०२० मा ५ सय ३२ जना पर्यटक मात्रै नेपाल भित्रिएका अध्यागमन कार्यालय रसुवाले जनाएको छ ।

छिमेकी मुलुक चीनको वुहानमा सर्वप्रथम कोरोना भाइरस संक्रमण भेटिएपछि चीन सरकारले लकडाउन गरेको थियो । केही समयमा नेपालमा पनि लकडाउन सुरु भएपछि उक्त नाका नै ठप्प भएको थियो । नाका थप्प भएपछि नेपाल प्रवेश गर्ने पर्यटकको संख्यामा उल्लेख्य कमी आएको हो ।

हाल सीमित मात्रामा चिनियाँहरु नेपाल प्रवेश गर्ने गरेका चएपनि पूर्णरुपमा आवतजावत खुला गरिएको छैन । चीनबाट मात्र हैन नेपालबाट समेत चीनतर्फ जानेको संख्या न्यून छ ।

प्रतिक्रिया