सुनकाे भाउ आज घट्याे (मूल्यसहित)

काठमाडौँ । स्थानीय बजारमा सुनकाे मूल्य आज (आइतबार) घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनकाे मूल्य ७ सयले घटेर ताेलामा ९१ हजार ८ सयमा काराेबार भइरहेकाे छ । शुक्रबार छापावाला सुन प्रतिताेला ९२ हजार ५ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै आज तेजाबी सुन ९१ हजार ३०० मा काराेबार भइरहेकाे छ । तेजाबीकाे मल्य शुक्रबार ९२ हजार ताेकिएकाेमा आइतबार ९१ हजार तीन सयमा काराेबार भइरहेकाे छ ।

आज चाँदीकाे मूल्य पनि ताेलामा ३० रूपैयाँले घटेकाे छ । १ हजार २६० मा शुक्रबार कारोबार भएको चाँदीकाे मूल्य आज १ हजार २३० रुपैयाँ मूल्य निर्धारण गरिएकाे छ ।

प्रतिक्रिया