वृज सिमेन्टद्वारा नेपाल स्टारका खड्कालाई सहयोग प्रदान

काठमाडाैं । नेपाल टेलिभिजनबाट प्रशारित नेपालको आफ्नै मौलिक सांगितिक रियालीटि शो कार्यक्रम वाइवाइ नेपाल स्टारको उत्कृष्ट ६ मा पर्न सफल सिद्धान्त खड्कालाई वृज सिमेन्टले सहयोग प्रदान गरेकाे छ ।

नेपाल स्टारमा इटहरी अडिसन राउण्डबाट प्रवेश गरेका सिद्धान्त उत्कृष्ट ६ मा आइपुगेपछि भोटको आधारमा बाहिरिएका थिए । आफ्नाे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुष्पतारा केडिया सेवा फाउण्डेशनको सहकार्यमा वृज सिमेन्टले उनलाई उक्त्त सहयोग गरको हो ।

उक्त्त सहयोग घोषणा वृज सिमेन्ट इण्डष्ट्रीज प्रा.लि. का कार्यकारी निर्देशक मोहित केडियाले कार्यक्रम नेपाल स्टारको सुटिङ्ग स्थलमा नै उपस्थित भएर गरेका थिए । कार्यकारी निर्देशक केडियाले नेपाल स्टार जस्तो लोकप्रिय कार्यक्रम सञ्चालन गरी वृज सिमेन्टलाई यसमा स्थान दिएकाेमा नेपाल टेलिभिजन लगायत सबैलाई धन्यवाद दिए ।

प्रतिक्रिया